यदि समय रोकेर रोक्न सकिन्थ्यो भने, म समय रोकेर तिमीलाई हेरिरहन्थे!
म समय रोकेर तिम्रो आँखामा घन्टौं डुबिरहन्थे, तिम्रो मुस्कानमा म भुलेर तिम्रो लागि कविता र गीतहरु कोरिरहन्थे!
समय त अहिले निरन्तर बगिरहेको छ!
तिमी कहाँ के गर्दैछौ के धुनमा छौ, म यहाँ तिम्रो यादमा यो सबै लेखेर बस्दैछु र मनमनै रमाउदैछु!
कति रमाइलो हुन्थ्यो होला तिमी र म साथमा भएको भए!
मिठा मिठा गफ र तिमीमा म भुलिरहेको हुने थिए!
यो लेखिरहदा म कल्पना पनि गर्दैछु, म जे लेख्दैछु म त्यो महसुस पनि गर्दैछु!
तिम्रो हात समाई मायाका कुरा गर्दा तिमी खुशी भएर मेरो अंगालोमा आएर बसेको कल्पना गर्छु!
तिम्रो अंगालोमा बधिदा सायद म सबै कुरा भुलेर बस तिम्रो न्यायो अंगालोमा नै रहने थिए होला!
म अझै भन्दैछु! म जे यहाँ लेख्दैछु त्यो म कल्पना गरेर लेख्दैछु!
तिमीलाई सुरुमा देख्दा म मेरो नजर हटाउन सकिरहेको थिइन!
तिमीलाई देख्ने बित्तिकै मैले तिमी र म संगै भएको कल्पना गर्न थालेको थिए!
अहिले पानी पर्दैछ र मलाई यो चिसो चिसो मौसमले तिम्रो याद दिलाउदैछ! त्यसैले म यो सब लेख्दैछु!
फेरि कल्पना गर्छु!
तिमी र म पानीमा रमाउदै रुझौ अनि पछि एक अर्काको कपाल पुछौ!
चिसो लाग्छ भनेर तातो चिया बनाएर एउटै ब्लन्केट ओढेर मायाका कुरा गर्दै तातो चिया पिउदै न्यानो भएर बसौं!
हात समाउदै हिडौ, अधेरी रातमा चन्द्रमाको किरण मुनी बसेर चन्द्रमा हेरि हाम्रो भविस्यको कुराहरु गर्दै रमाउ!
एक अर्कालाई साथ दिएर भविस्य बनाउन सहयोग गरौ र दुवै संगै संगै सफल बनौं!
म तिम्रो मुस्कान हेरेर रमाउनेछु! तिम्रो कुराहरु सुनेर मग्न हुनेछु र तिम्रा ती नसालु नयनमा डुबेर म संसार बिर्सने छु!
म तिम्रो पिडाको दिनहरुमा तिम्रो ख्याल राख्नेछु! तिमी मेरो दुखमा कहिले साथ नछोड्नु!
यो त केवल मेरा कल्पनाहरु हुन!
असल जीवनमा त म तिम्रो लागि अझै धेरै कुराहरु गर्ने छु!
तिमीलाई जीवन भर म सम्हालेर राख्नेछु र त्यो थामेको हात कहिले छोड्ने छैन! 

तर साच्चै यदि समय रोकेर रोकिने थियो भने! म समय रोकेर तिमीलाई नै नियालेर हेरिरहन्थे! 

#ADWrites
Facebook Page : https://www.facebook.com/THEADWrites
0 Comments